देश

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकको अवलोकन तथा स्मारकमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

यो स्मारक क्रान्तिकारी जननायकहरूको स्मरणमा निर्माण गरीएको हो । १९औं र २० औं शताब्दीमा क्रान्तिकारी संघर्षका क्रममा शहीद बनेका योद्धाहरूको स्मृति स्वरुप चीनको राष्ट्रिय स्मारकको रूपमा यो निर्माण गरिएको हो । यो बेइजिङको तियानमेन स्क्वायरको दक्षिणी भागमा माओ त्सेतुङको समाधिको अगाडि अवस्थित छ ।

स्मारक नोभेम्बर ३०, १९४९ मा पारित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण सत्रको प्रस्ताव अनुसार निर्माण गरिएको थियो, जसको निर्माण अगस्ट १९५२ देखि मे १९५८ सम्म चलेको थियो। स्मारकका वास्तुकार लियाङ सिचेङ थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *