खेलकुद

नेपाली महिला फुटबल टिमले आज जापानको सामना गर्दै

काठमाडौँ । १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलमा नेपालले आज जापानको सामना गर्दै छ ।

यो खेल नेपाली समय अनुसार ५: १५ बजेदेखि शुरु हुदै छ । यस अघि एशियन गेम्सको महिला फुटबल अन्तर्गत समुह डी मा रहेको नेपालले भियतनामसँग २-० गोल अन्तरको हार बेहोरेको थियो । त्यस्तै जापानले भने आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८-० गोल अन्तरले पराजित गरको थियो ।

फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।

एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *