खेलकुद

म्याड्रिड डर्बीमा एटलेटिकोले रियललाई हरायो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत भएको म्याड्रिड डर्बी एटलेटिकोले जितेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटाले २ गोल गरे भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका थिए । त्यसैगरी रियल म्याड्रिडका लागि टोनी क्रुजले एक गोल गरेका थिए ।

यो एटलेटिको म्याड्रिडको यस सिजनमा तेस्रो जित हो । यो जितपछि ५ खेलमा १० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी रियल म्याड्रिडको भने यस सिजनमा यो पहिलो हार हो । ६ खेलमा १५ अंक भएको रियल म्याड्रिड यो हारपछि लिगमा तेस्रो स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *