शिक्षा / स्वास्थ्य

शिक्षक सेवा आयोगले कुन-कुन विषयको परीक्षाको नतिजा सार्वजनिक गर्‍यो ?

काठमाडौं।शिक्षक सेवा आयोगले अहिलेसम्म सामाजिक, विज्ञान र गणित विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।

आयोगले गत असार ९ गते लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आगामी असोज २२, २३ र २४ गते आयोगको कार्यालयमा दिउँसो १ बजे गणित विषयको अन्तर्वार्ताका लागि लिखित परीक्षामा नाम निकाल्ने उम्मेदवारलाई बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *