खेलकुद

मेसी बिना इन्टर मियामी विजयी

काठमाडौँ । मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले स्पोर्टिंग केसीलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले स्पोर्टिंग केसीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लिओनार्दो काम्पानाले दुई गोल गरेका थिए भने फाकुन्डो फारीयासले एक गोल गरेका थिए । त्यसैगरी स्पोर्टिंग केसीका लागि डानियल सल्लोई र अलान पुलिड़ोले एक एक गोल गरेका थिए ।

लियोनेल मेसीको आगमनपछि अपराजित रहेको इन्टर मियामीले यो खेलमा मेसी बिना नै जित हासिल गरेको छ । मेसी हाल अर्जेन्टिनाको राष्ट्रिय टिममा रहेकाले इन्टर मियामीको यस खेलका लागि उपलब्ध थिएनन् ।

यो जितपछि इन्टर मियामीको २६ खेलमा २८ अंक भएको छ र लिगको इस्टर्न कन्फेरेन्समा १४औँ स्थानमा छ । त्यस्तै स्पोर्टिंग केसी भने वेस्टर्न कन्फेरेन्समा २८ खेलमा ४० अंकसहित ११औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *