देश

मलंगवाको अवस्था तनावग्रस्त

सर्लाही। सर्लाही सदरमुकाम मलंगवावाको अवस्था शनिवार तनाव ग्रस्त बनेको छ। शुक्रबार साझ कृष्ण जन्माअष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगबाबा बजार क्षेत्र अशान्त बनेको हो।

शुक्रबार मध्यरातबाट अवस्था सामान्य भए पनि शनिबार बिहानबाट अवस्था तनावग्रस्त बनेका छन्। आक्रोशित युवाहरु बिहानदेखि चौक चौकमा टायर बालेर प्रदर्शनमा उत्रेका छन्।

स्थितिलाई नियन्त्रणमा लिनका लागि मलङवा बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए।

गएराति झडप रोक्न प्रहरीले १६ शेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको छ।

नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्तीहरुमा समेत प्रदर्शन र ढुंगामुढा भइरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। गए रातिको तनावका कारण मलंगबाबा बजार आज ठप्प छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *