विश्व

हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै भारी वर्षा, सयौँ प्रभावित

काठमाडौं।हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै ब्यापक बाढी आएको छ । हङकङका सडक र सब वे स्टेसनहरू पानीले भरिएका छन् भने विद्यालय र कार्यालयहरू बन्द गरिएका छन् ।

बिहीबारदेखि सुरु भएको मुसलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा ठूलो भएको मौसम अधिकारीहरू बताएका छन् । अधिकारीहरूले उद्धार गरिरहेका छन् भने तस्बिरहरूमा बाढीले भरिएका सडकहरूमा स्थानीयहरू हिँडिरहेका देखिन्छन् ।

मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपतकालीन अधिकारीहरूले शुक्रबार बिहान जानकारी दिएका छन् । वर्षाका कारण पहिरो खस्दा केही सडकहरू अवरुद्ध भएका छन् ।

हङकङको सिमानामा पर्ने सेन्जेन सहरले १९५२ मा रेकर्ड सुरु भएदेखिको सबभन्दा ठूलो वर्षाको रिपोर्ट गरेको छ । भारी वर्षाको कारण दक्षिण चीनमा पनि असर पारको छ ।

ग्वाङडोङ प्रान्तमा सयौँ उडानहरू रद्द गरिएको छ । स्थानीय अधिकारीहरूले अचानक बाढीको चेतावनी दिएका छन् भने तल्लो क्षेत्रका बासिन्दाहरूलाई खाली ठाउँमा बस्न सल्लाह दिएका छन् । दक्षिणी चीनको घना जनसंख्या भएको तटीय क्षेत्रमा करोडौं मानिस बस्दै आएका छन् ।

हङकङका सामाजिक सञ्जालमा पानी बगिरहेका सडकहरू देखिएका छन् । सडकहरू उग्र नदीहरूमा परिणत भएका छन् ।

मौसम अधिकारीहरूले बिहीबार रातिलाई भारी वर्षाको संकेत गरेका थिए । एक घण्टामा ७० मिलिलिटरभन्दा बढी वर्षा हुने चेतावनी दिएका छन् । त्यो रातपछि हङकङ अब्जरभेटरीले प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा भएको प्रतिवेदनमा देखिएको थियो । यो सन् १८८४ मा रेकर्डहरू सुरूभएदेखिकै उच्च हो ।

हङकङ टापु, काउलुन र सहरको उत्तरपूर्वी भागमा २०० मिलिलिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो । यो वर्षा सामान्यभन्दा बढी हो ।

शेन्जेनले जलाशयबाट पानी निकाल्ने तयारी गरिरहेको थियो तर हङकङका अधिकारीहरूले उत्तरी भागमा बाढी आउने चेतावनी दिएका थिए । चीनको मौसम प्रशासनले शुक्रबार र शनिबार देशको दक्षिण पश्चिम क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ ।

एक सातामा साओला र हाइकुई नामक दुई टाइफुनले दक्षिणी चीनमा आएसँगै भएको वर्षाले सहर बन्द गराएको हो । बारम्बार आउने उष्ण तटीय अधिहरूको तीव्रताका कारण अचानक बाढी आउँदा क्षति वृद्धि हुँदै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *