देश

‘निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुन्छ’

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन् ।

निजामती सेवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा रहेकाले विधेयक चाँडै ल्याउने बताएका हुन् ।

प्रधानमन्त्री दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ । यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेको छ ।’

उनले निजामती कर्मचारीहरू आफ्नो कार्यशैलोबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान् छन् त्यति नै विश्वसनीयता कायम गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *