गण्डकी प्रदेश

गण्डकी प्रदेश एमालेले नेता तथा कार्यकर्ताको सहयोग संकलन गरेर सभा हल निर्माण गर्ने

काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेशले पार्टी कार्याकर्ताबाट प्रतिव्यक्ती पाँच सय रुपैँयाका दरले पैसा उठाएर पाटी कार्यलय भवन निर्माण गर्ने भएका छन् । गण्डकी प्रदेश भवन निर्माण कमिटीको पहिलो बैठकले पार्टी कार्याकर्ताबाट २५ करोड रुपैयाँ संकलन गरेर प्रदेश कार्यालय भवन बनाउने योजना तय गरेको हो।

प्रत्येक पार्टी सदस्यबाट पाँचपाँच सय रुपैयाँ उठाइने र आर्थिक अवस्था मजबुद्ध भएकाहरुले त्यो भन्दा बढी सहयोग गर्न पनि उनले आग्रह गरेको गण्डकी प्रदेश इन्चार्ज तथा सचिव गोकर्ण विष्टले जानकारी दिए। अब निर्माण हुने सभा हल पार्टी र जनसंगठनको कार्यालयसमेत रहने अत्याधुनिक भवन निर्माण हुने उनको भनाइ छ ।

गण्डकी प्रदेश कमिटीले ४५ सदस्यीय सचिवालय गठन गर्ने र अर्को बैठकले जिल्लागत जिम्मेवारी तोक्ने जनाइएको छ । नेकपा एमालेले असोज १५,१६ मा प्रदेश अधिवेशन हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *