काठमाडौ । मलेसियामा जारी चार देशको टी- २० क्रिकेट सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
नेपालले बुधबार सम्पन्न खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको हो ।
नेपालले दिएको ९० रनको लक्ष्य पछाएको कुवेतको महिला टिमले २० ओभरमा ८ विकेट गुमाउदै ५५ रन मात्र बनाएपछि नेपाल ३४ रनले विजयी भएको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाली महिला टिमले २० ओभरमा ८ विकेट गुमाउदै ८९ रन बनाएको थियो ।
नेपालका लागि इन्दु बर्माले सर्बाधिक २३ रन बनाएकी थिइन् भने बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाएका थिए । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यसैगरी कुवेतका बलरमरिआम्मा हैदरले ४ विकेट लिएकी छन् भने मर्याम ओमारले २ विकेट लिएकी थिइन् ।
यो जितसहित नेपालले दुवै खेलमा जित हासिल गरेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
नेपालले अब तेस्रो खेल आयोजक मलेसियासँग अगस्त २५ मा खेल्ने छ । शिर्ष दुई टिमले सिरिजको फाइनल खेल अगस्त २६ मा खेल्ने छन् ।




