राजनीति

भुटानी शरणार्थी प्रकरणमा एमालेको फेरियो बोली

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा नेपालका तल्लो तहदेखी माथिल्लो तहसम्मका नेताहरु मुछिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनैतिक दलका विभिन्न नेताहरु मुछिएपछि उनीहरुलाई उन्मुक्ति दिनुपर्छ भन्ने अभिव्यक्ती विभिन्न दलका नेताहरुले राखीरहेका छन् ।

नेकपा एमालेले पनि यस्तो अभिव्यक्ती विगतदेखी नै दिदैँ आइरहेको बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले लाजै नमानी बोली फेरेर अमेरिकाको दबाबका कारण नेपालले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने काममा सरकारले हात हालेको बताए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दापनि अमेरिकी दबाबका कारण अघि बढेको टिप्पणी गरे ।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीलाई पक्राउ परेपछि थुनामा छन् ।

पक्राउ परेर कारागारमा रहेका ती प्रतिवादीहरुलाई उन्मुक्ति दिनका लागि नै अहिले एमालले बोली फेर्न थालेको छ । अहिले अवैध नेपाल भित्रिएको साँढे ६० किलो सुन प्रकरणका बारेमा उच्चस्तरिय आयोग गठनको प्रक्रिया दलका नेताहरुबीच सहमति भएको छ । यस्तै ललिता निवास प्रकरणमा पनि सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ ।

अब पालो भुटानी शरणार्थी प्रकरण छानबिनको समय आउनेबेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार सुर्खेतमा भएको एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै अमेरिकाको दबाबमा सरकारले नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने डिजाइन अगाडी बढाएको दाबी गरे । महासचिव पोखरेलको यस्तो अभिव्यक्तीले के दर्शाउँछ भने अन्य देशले जे चाह्यो त्यो नै नेपालका नेताहरुले गर्ने देखिएको छ । अमेरिकाले नेपाल किन्छु भन्दा पनि नेपाल बेच्न नडाराउने निष्कर्ष उनको रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *