खेलकुद

नेपाली महिला टिमले कुवेतलाई दियो ९० रनको लक्ष्य

काठमाडौ । मलेसियामा जारी चार देशको टी- २० क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले कुवेतविरुद्ध खेलिरहेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाली महिला टिमले २० ओभरमा ८ विकेट गुमाउदै ८९ रन बनाएको छ ।

नेपालका लागि इन्दु बर्माले सर्बाधिक २३ रन बनाएकी थिइन् भने बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाएका थिए । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यसैगरी कुवेतका बलरमरिआम्मा हैदरले ४ विकेट लिएकी छन् भने मर्याम ओमारले २ विकेट लिएकी थिइन् ।

अब केहीबेरमा कुवेतले जवाफी ब्याटिंग गर्दै छ ।

यस सिरिजमा नेपालले पहिलो खेलमा हङकङलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *