काठमाडौं।धादिङमा बुधबार बिहान भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जना जनशक्ति परिचालन गरेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बिपद् व्यवस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमान्डमा १६ जना र बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज खटिएको छ ।
काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
प्रहरीका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये ८ जनाको मृत्यु भएको र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




