राजनीति

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसिरहेको छ ।

सदन खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बोलाएका हुन् । मंगलबारको बैठकमा एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका कारण स्थगित भएको थियो । आजको बैठकमा ओली सहभागी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मुख्य सचेतक रमेश लेखकलगायत सहभागी छन् । आजको बैठकमा जसपा र रास्वपाका भने प्रमुख सचेतक मात्र सहभागी छन् ।

अध्यक्ष रवि लामिछाने र उपेन्द्र यादव भने सहभागी छैनन् । राप्रपाका बुद्धिमान तामाङ सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *