खेलकुद

महिला टी–२० सिरिज : नेपाल बुधबार कुवेतसँग भिड्दै

काठमाडौं।मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले बुधबार कुवेतसँग खेल्दैछ ।

२ देशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले ४ देश सम्मिलित सिरिज खेलिरहेको छ ।

सिरिजको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *