देश

पितृ शोकमा रहेका मन्त्री किराँतीप्रति प्रधानमन्त्रीको समवेदना

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई परेको पितृ शोकप्रति समवेदना प्रकट गरेका छन् ।

बुधबार विहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले मन्त्री किराँतीप्रति समवेदना प्रकट गर्दै उनका बुबालाई हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले लेखेका छन् ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुदन किराँतीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुःखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । दुःखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’

मन्त्री किराँतीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *