विश्व

१२ सय फिट उचाईको तुइनमा आठ जना अड्किएपछि…

काठमाडौं।पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट गाउँमा छ जना बालबालिकासँगै आठ जना तुइनमा अड्किएका छन् ।

विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाईको तुइनमा अड्किएपछि उद्धारको प्रयास गरिएको छ ।

एउटा डोरीमा अड्किएको तुइनमा छ जना बालबालिकासहित दुई जना वयस्क रहेका प्रान्तीय उद्धार तथा खोज केन्द्रले पुष्टि गरेको छ ।

हेलिकप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषय परिस्थिति उत्पन्न भएको जनाउँदै एक जना सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको बताएका छन् ।

स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक हेलिकप्टरले घटनास्थलको अवलोकन गरेको देखिन्छ । यद्यपि, पीडितहरूलाई उद्धार नगरी त्यो अन्यत्र उडेको छ ।

छ घण्टादेखि बालबालिका अड्किएका तथा एक जना बेहोस भएको तुइनमा रहेका गुजफ्राजले टेलिभिजन च्यानल जिओ न्युजलाई फोनमार्फत बताएका छन् ।

प्रान्तीय उद्धार केन्द्रका वरिष्ठ अधिकारी जुल्फिकर खानले तुइन अड्किएको स्थानमा हेलिकप्टरबाहेक केही पुग्न नसक्ने बताउँदै प्रान्त सरकारसँग हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरिएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *