काठमाडौं।काठमाडौं महानगरपालिकामा मेयर बालेन साहले डेंगु संक्रमण नियन्त्रणका लागि जैविक औषधी छर्कन सुरु गरेका छन् ।
काठमाडौमा डेंगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलोपटक वायो लार्भिसिद छर्कन सुरु गरिएको मेयर साहले मंगलबार जनाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘यो औषधी जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन । औषधीलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधीले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।’
डेंगु रोगबारे परामर्श दिन निःशुल्क हटलाइन ११८० टेलिफोन नम्बर २४ सै घण्टा सञ्चालनमा रहेको पनि उनले जानकारी गराएका छन् ।
उनको भनाइमा अस्पताल जानु परे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवनजललगायत आवश्यक औषधीको वितरणको व्यवस्था मिलाइए मेयर साहले जनाएका छन् ।
https://www.facebook.com/balenOfficial/posts/858642062294717?ref=embed_post
काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide ) छर्कदैछौ ।
यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।
यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।




