काठमाडौं।नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार पद तथा गोपनीयताको सपथ लिँदैछन् । मंगलबार दिउँसाे शीतल निवासमा श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाउने छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पाैडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।




