काठमाडौं।कोशी प्रदेशमा विवादका बीच प्रदेश सभा बैठक जारी छ । सोमबार बसेको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
बैठकमा बोल्दै नेकपा माओवादी कोशी प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि विश्वासको मत मागेका छन् ।
प्रदेश सरकारलाई स्थापना गर्नका लागि आफूहरूले भूमिका खेलेको बताउँदै उनले मुख्यमन्त्री थापाका लागि विश्वासको मत मागेका हुन् ।




