काठमाडौं । आज बोलाइएको प्रदेशसभाको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख काठमाडौं उडेपछी सत्ता गठबन्धनको आकस्मिक बैठक बसेको छ ।
बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार यति एअरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेपछि मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूको आकस्मिक बैठक बसेको हो।
बैठक विराटनगरको एक होटलमा बसिरहेको छ । मुख्यमन्त्री थापाले प्रदेशसभा बैठकमा आज विश्वासको मत लिने कार्यसूची छ । उनलाई विश्वासको मत पुग्न नदिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरपुर प्रयास गरिरहेको छ ।
उपसभामुखको अनुपस्थितिमा प्रदेश सभा बैठक चलाउने जिम्मा ज्येष्ठ सदस्यलाई रहने भएपनि एमालेका सात ज्येष्ठ सदस्यहरूले यसअघि नै बिदा लिइसकेका छन् । प्रदेशसभाको बैठक अनिश्चित बनेपछि सत्ता गठबन्धन छलफलमा जुटेका हुन् ।




