देश

१५ वर्षीया किशोरी गर्भवती रहेको रहस्य खुलेपछि…

डोल्पा । डोल्पामा बलात्कृत भएको ६ महिनापछि एक १५ वर्षीया बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएका छन् । पीडित परिवारका अनुसार, डोल्पाको जगदुल्ला गाउँपालिकामा नौं जना युवा मिलेर १५ वर्षीय बालिकामाथि सामुहिक बलात्कार गरेका थिए । बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको पुष्टि भएपछि घटनाबारे बालिकाले भनेकी हुन् ।

बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएसँगै संलग्न नौंमध्ये तीन जना पक्राउ परेका छन् । केही दिनअघि आफन्तहरूले बालिकामाथि स्थानीय नौं जना केटाहरूले बलात्कार गरेको आरोपमा किटानी जाहेरी दर्ता गराएपछि संलग्नमध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिएका छन् ।

उनका अनुसार, पक्राउ परेका तीनमध्ये एक जनालाई मुगुबाट, दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको हो । अरु सबै फरार छन् । भागेकाहरूलाई पक्राउ गर्न सजिलो होस् भनेर उनीहरूको पहिचान गोप्य राखेको प्रहरीले जनाएको छ । ‘पहिला घटनाबारे थाहा भएन । पछि बालिकाको पेटमा बच्चा हुर्कदै गएको परिवारले थाहा पाएपछि आफन्तले उनीहरूका नाममा किटानी जाहेरी दिनु भएको छ’, डीएसपी बुढाथोकीले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *