धर्म/सस्कृति

पशुपति क्षेत्र विकास कोषलाई ८ बुँदे स्पष्टीकरण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषलाई ८ बुँदे स्पष्टीकरण सोधेका छन्। मन्त्री किंरातीले साउन ३२ गतेको मन्त्रिस्तरीय निर्णयबाट सदस्य सचिव मिलन कुमार थापसँग स्पष्टीकरण माग गरेका थिए । कोषका सदस्य सचिव थापलाई ७ दिनभित्र स्पष्टीकरण उनले निर्देशन दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषबाट आफ्ना क्षेत्रभित्रका पसल, भवन, पार्क, धर्मशालाको सञ्चालनका निमित्त को कससँग कुन व्यहोराको सम्झौता भएको छ ती सम्झौताका प्रमाणित प्रतिलिपिहरु पेस गर्ने समेत मन्त्री किँरातीले कोषलाई आग्रह गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *