कामठाडौं । पछिल्लो समय नेपालमा देशव्यापी रुपमा फैलिरहेको आँखा पाक्ने रोग बढेपछि गोकर्णेश्वर नगरपालिकामा चार दिन स्कुल बन्द हुने भएको छ ।गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले सोमबार एक सुचना जारी गर्दै यस्तो सुचना दिएका हुन् ।
आँखा पाक्ने रोगको प्रभाव शिक्षक, विद्यार्थी, कर्मचारी सबैमा देखिएकाले उक्त रोगबाट बच्न र स्वास्थ्य उपचारमा ध्यान दिन भन्दै नगरपालिकाले विधालय बन्द गर्ने निर्णय गरेको हो । उक्त नगरपालिका अन्र्तगत रहेका शैक्षिक संस्थाहरु साउन ३० गते बाट भदौ १ गते सम्म संचालनमा नआउने भएको नगरपालिकाले जनाएको छ ।





