कोशी प्रदेश

निर्मला लिम्बू कोसी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त

विराटनगर ।जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य (प्रदेश सांसद) निर्मला लिम्बू कोसी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त भएकी छन्।

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन्। लिम्बूले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिएकी छन्।

कोसीको ९३ सदस्यीय प्रदेशसभा (संसद)मा लिम्बू जसपाबाट एक्ली सांसद हुन्।

प्रदेशमा यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *