समाचार

कोशी सरकारमा जसपा सहभागी हुन्छ : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ। मुख्यमन्त्री उद्धव थापाले आज पत्रकार सम्मेलन गर्दै आजै जसपा सरकारमा सहभागी हुन लागेको बताएका हुन्।

यसअघि कांग्रेस, माओवादी र नेकपा एसबाट ३ जना मन्त्री बनेका छन्। जसपा अब सहभागी हुने थापाले बताए। १ जना मात्रै सांसद रहेको जसपामा सांसद निर्मला लिम्बू रहेकी छिन्।

उनै मन्त्री नियुक्त हुने थापाले बताए। उनलाई स्वास्थ्य मन्त्रीको जिम्मा दिने तयारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *