देश

बन्दना राणालाई राष्ट्रसंघीय कमिटीमा तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न सरकारको अनुमति

काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीडा) को सदस्यता नेपालबाट बन्दना राणले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने भएकी छन् ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले राणलाई सीडा समिति सदस्यमा आगामी २०२५ देखि २०२८ को कार्यकालका लागि नेपालको तर्फबाट तेस्रो कार्यकालको लागि उम्मेदावरी पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

राणा ३ वर्षअघि न्युयोर्कमा भएको निर्वाचनमा १३७ मुलुकको मत पाएर सीडाको अध्यक्षमा दोस्रो कार्यकालका निर्वाचित भएकी थिइन् । उनी सन् २०२१ देखि २०२४ को कार्यकालका लागि निर्वाचित हुँदा १९ जना उम्मेदवारमध्ये सर्वाधिक मत पाउने तेस्रो बनेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *