काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट नाबालिकासंग प्रेमको बहाना गरी यौनहिंसा गर्ने दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. ९ बस्ने वर्ष १९ को समिर तामाङ र सुरेश तामाङ रहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
पक्राउ परेका उनीहरुले सामाजिक संजालमार्फत नाबालिकाको यौन दुव्र्यवहार सम्बन्धी चरित्र हत्या हुने किसिमको गतिविधि सार्वजनिक गरेर पिडित नाबालिकालाई मानसिक तनाब दिने गरेको पत्ता लागेपछि उनीसहित अविभावकको प्रहरी प्रधान कार्यालयमा विद्युतीय कारोबार ऐन २०६३, बमोजिम अपराधिलाई सजायको माग गरी पिडितलाई न्याय दिन भन्दै निवेदन परेपछि काठमाडौँबाट खटिएको प्रहरी अनुसन्धानको टोलीले साउन २३ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच/पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाले अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी सार्वजनिक गदैँ आएका थिए ।




