देश

मुग्लिङ्ग – नारायणगढ सडक खण्डको कालिखोलामा अवरुद्ध सडक खुलाउन रास्वपाको सहयोग लिएका छैनौँ : प्रजिअ पौडेल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमूख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले साउन २३ गते मंगलबार मुग्लिङ्ग –नारायणगढ सडक खण्डको कालिखोला भन्ने स्थानमा पहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउन रास्वपाको कुनै सहयोग नलिएको बताएका छन् ।

जिल्ला प्रशानसन कार्यालय चितवनले बुधबार एक विज्ञप्ती जारी गर्दै पहिरोका कारण अवरुद्ध सडक संचालनमा ल्याउन सुरक्षा निकाय र सडक सहितका राज्यका अङ्गबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाई सडक सुचारु गरेर ट्राफिक व्यवस्थापन समेत गरेको जनाएको छ । चितवन जिल्ला प्रशासनले उक्त कार्य गर्न कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिईएको र लिन स्वीकृति नदिइएको बताएको छ ।

सामाजिक सञ्जाल फेसबुक मा मुग्लिन बजार भन्ने पेज समेतबाट मुग्लिङ्ग–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका आर ए टि टिम कालिखोला लगायतका ठाउँहरुमा खटिएका छन् भनी सुन्तला रंगको ज्याकेटमा आरएटी लेखि वाकीटकी संचार सहितका युवाको फोटो सहितको पोष्टमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको प्रजिअ सुरेन्द्र पौडेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै चितवन जिल्ला प्रशासनले उक्त पोष्टमा संचारको साधन वाकिटकी समेत देखिएकोमा उक्त संचार साधन स्वीकृति र दर्तावाल हो होइन छानविन गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ ।

जिल्ला प्रशासन चितवनले राष्ट्रिय स्वतन्त्र पाटीको कुनै आवश्यक नभएको र कुनै सहयोग नमाग्ने जनाएको छ । तर रास्वपाले आफ्नो पाटीको चर्चाका स्टन्ट बाजी गर्दै आएका छन् । नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु यापिड एक्सन टीम गठन गरेको बताए पनि चितवनमा समस्या समाधानमा जिल्लामा देखा परेका समस्या समाधानमा जिल्ला प्रशासन चितवनले कसैको सहयोग आवश्यक नरहेको जनाएको छ ।


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *