काठमाडौं।महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ ।
बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (वनवासा) पुलमा चारपाङ्ग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भारतीय पक्षले वनबासा पुलबाट चारपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी दिए ।




