धर्म/सस्कृति

पशुपतिमा थपिए पुजारी

काठमाडौं ।हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार नयाँ पूजारीलाई मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

‘चार महिना अघि एक पुजारीले राजीनामा गर्नुभएको थियो,’ कार्यकारी निर्देशक खतिवडाले भने, ‘रिक्त रहेको एक पुजारी नियुक्त गरेर आज मन्दिर प्रवेश गराएका छौं ।’

नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन् । उनलाई आज मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेश गराइएको हो । पशुपतिमा चार मूल पुजारी हुने गर्दछन् । तर, चार महिना देखि तीन जना मात्र थिए ।

मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजिनामा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *