देश

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखा।पहिरोमा पुरिएर बिगु गाउँपालिका– २ ओराङका एक बालकको मृत्यु भएको छ ।

तामाकोसी नदीमा माछा मार्न गएका १४ वर्षीय तिरिश तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ ।

उनी गएराति माछा मार्न तामाकोसी नदी जाँदै थिए । सोही क्रममा उनलाई पहिरोले पुरेको हो । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

केही दिनअघि गौरीशङ्कर गाउँपालिका– ७ मा पहिरोबाट दुई जनाको मृत्यु भएको थियो । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *