काठमाडौँ । बार्सिलोनाले जोन गाम्पर ट्रफी जितेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गर्दै जोन गाम्पर ट्रफी जितेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, फेरान टोरेज, अन्सु फाती र अबडे एजालजोउलीले एक एक गोल गरेका थिए । बार्सिलोना २-१ ले पछि परेको अवस्थामा खेलको ८१औं मिनेटमा बराबरी गोल गर्दै खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।
यसअघि टोटनह्यामका लागि ओलिभर स्किपले दुवै गोल गरेका थिए ।
बार्सिलोनाले हरेक बर्ष आफ्ना संस्थापक सदस्य, पूर्व खेलाडी र क्लबका प्रेसिडेन्ट जोन गाम्परको स्मृतिमा हरेक बर्ष ला लिगा शुरु हुनु अघि कुनै क्लबलाई आमन्त्रित गरेर जोन गम्पर ट्रफी खेल्ने गर्दछ ।
अहिलेसम्म भएका ५८ संस्करणमा बार्सिलोनाले ४६ पटक यो ट्रफी जितेको छ ।




