काठमाडौं।सय किलो सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ चित्तबुझ्दो नभएको भन्दै उसले आफ्नो अडान कायम राखेको छ । नेकपा एमालेले संसदमा नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेको छ ।
सत्ता पक्षका सांसदहरुले एमाले सांसदका भनाइप्रति प्रतिरोध गरेका छन् ।




