काठमाडौं।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले कुनै पनि खालका अपराधलाई निष्पक्ष रुपमा छानबिन गर्न सरकार तयार रहेकाे प्रतिबद्धता जनाए ।
आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्याउन भूमिका खेलेका उच्चपदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएको छ ।
आदेशप्रति प्रतिक्रिया जनाउँदै गृहमन्त्री श्रेष्ठले भने,‘अदालतको आदेशले अनुसन्धानलाई थप आधार तय पारेको छ । यसलाई निष्कर्षमा पुर्याउन हामीले निर्देशन दिएका छौँ । जहाँसम्म जानुपर्छ,जानुहोस् भनेका छौँ । तथ्य प्रमाणले जसलाई तान्छ,सबैलाई तान्नुहोस् भनेका छौँ ।’




