देश

सुशासन सरकारको पहिलो सर्त हो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको पहिलो सर्त सुशासन भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले सुशासनबिना देशको विकास हुन नसक्ने बताए ।

उनले भने,‘सुशासन समृद्धिको पहिलो शर्त हो । सुशासन स्थापित नगरी विकास र समृद्धि सम्भवन छैन । जनताका आवश्यकता पूरा गर्न सकिन्न । सुशासन, समृद्धि र सामाजिक न्याय अहिलेको केन्द्रीय कार्यभार हो । त्यसकै आधारमा हामी अगाडि बढ्नुपर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *