देश

स्कुटर चोरी गरी अनलाईन मार्फत बिक्री गर्ने ३० वर्षीय सफल जंग रायमाझी पक्राउ

काठमाडौं। महाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालबाट आशिष के.सीको बा. ८६ प ३०२२ नम्बरको सेतो रङको स्कुटर चोरी गरी अनलाईन मार्फत बिक्री गर्ने ३० वर्षीय आजाद रायमाझी पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. ३० पुतलीसडक स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका ६ तेन्जिङ चोक बस्दै आएका आजाद रायमाझीको संलग्नता रहेको खुलेपछि काठमाडौंबाट खटिएको प्रहरी अनुसन्धानको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।

उनले त्रि.वि. शिक्षण अस्पतालबाट आशिष के.सीको बा. ८६ प ३०२२ नम्बरको सेतो रङको स्कुटर चोरी गरी असार ३१ गते अनलाइनमार्फत स्कुटर नम्बर, रङ र सवारी साधन दर्ता कितावमा समेत वदली गरी स्कुटर र सवारी साधन दर्ता रहेको ब्लुबुक सहित पोष्ट गरेपछि काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ७ बस्ने सनिषा योञ्जन तामाङले उक्त व्यक्तिलाई फोन गरी तेन्जिङ चोकमा भेटेर ८३ हजारमा खरिद गरेका थिए ।


तामाङले ८३ हजारमा खरिद गरेपछि नामसारी गराउन यातायात कार्यालयमा बोलाउदा ब्लुबुकमा केरमेट गरी स्कुटरमा नम्बर प्लेट बदलेर सम्पर्क भएका थिए रायमाझी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *