काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले ठूला तीन दलका नेताहरूले संसद चल्ने समयमै बाग्रेनिङमा लागेको आरोप लगाएका छन् ।
‘तीन जना नेताहरू मिलेर सल्लाह गर्नु पर्ने भए, मिल्नेहरू र मिलाउने कामहरू किन रातारात मिलाउन सक्दैनन्,’ मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘यो मिलेमतो नै हो, किनभने यही सदनमा बजेट पास गर्न दिँदैनौँ भन्नेहरू किन पास हुन पुग्यो ?’
यस्तै, उनले एकअर्काको अनुहार पनि हेर्न नचाहने नेताहरू जब काण्डहरू हुँदा एकअर्काबिना बाँच्न नसक्ने गरी मिलेको आरोप लगाए । ‘एकअर्काको अनुहार पनि हेर्न नचाहने नेताहरू जब काण्डहरू हुन्छ अनि एक अर्काबिना बाँच्न नसक्ने गरी किन मिल्छन् ?,’ उनले भने ।




