देश

धरानमा वितरण भएको पानीमा कोलीफर्म, पानी सुद्धिकरणमा ध्यान दिन आवश्यक

काठमाडौं । धरानको खानेपानीमा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ ।

धरानका मेअर हर्क साम्पाङले धेरै ठूलो  संघर्ष गरेर वितरण गरेको पानीको मुहानमा खानेपानी बोर्डले पानी परिक्षण गर्दा दिशामा पाइने जिवाणु कोलीफर्म भेटिएको जनाइएको छ । धरानमा वितरण भइरहेको  खानेपानीमा कोलीर्फम भेटिएको प्रतिवेदन इटहरीस्थित नेपाल सरकार खानेपानी मन्त्रालय, पानीको गुणस्तर परीक्षण प्रयोगशालाले उपलब्ध गराएको छ । कोलिफर्म शून्य युनिट रहेको पानीमात्र खानयोग्य हुने प्रयोगशालाले जनाएको छ ।

धरानमा देखिएको पानीको अभाव कम गर्न अहिले धरानका मेयर हर्क साम्पाङ पानीको मुहान सुधार र स्रोत व्यवस्थापनका लागि जुटेका छन् । स्रोत व्यवस्थापन र पानीको मुहान सुधारमा लागे पनि खानेपानीको मुहानको पानी शुद्धीकरणमा ध्यान नदिँदा सर्वसाधारणको घरघरमा कोलीफर्म पुग्न थालेको देखिएको छ ।

सर्दु, लर्दुसहित पछिल्लो समय ल्याएका खोला–खोल्सासहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउन नहुने कोलीफर्मयुक्त प्रदूषित पाइएको हो ।

सबैभन्दा बढी भालु खोलाबाट ल्याई विजयपुर गौ धारा ट्याङ्कीमा खसालिएको पानीमा कोली फर्मको मात्रा ३५ युनिट, फुस्रेस्थित ट्यांकीको पानीमा कोलीफर्म ३० युनिट, निसाने खोलाको पानीमा कोलीफर्म २० युनिट, सर्दु खोलाको पानीमा कोलीफर्म १० युनिट र खर्दुखोलाको पानीको कोलिफर्म १५ युनिट पाइएको खानेपानी बोर्डले गरेको सर्वेक्षणबाट पत्ता लागेको हो ।

पछिल्लो समय कोकाहाबाट ल्याएर विष्णु चौकमा झारिएको पानीमा समेत कोलिर्फम ५ युनिट पाइएको छ ।

धरान–१७ स्थित कुम्भी आहालमा जमिनमुनिबाट निकालिएको पानीमा भने कोलिफर्म शून्य रहेको जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, धरान नगर समितिले ७ ठाउको मुहानको र ट्याङ्कीको पानी सङ्कलन गरी पानीको गुणस्तर परीक्षणका लागि बुझाएको थियो ।

प्रयोगशालाले दिएको प्रतिवेदनसहित बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले धरानको खानेपानी प्रदूषित रहेको विषयमा मेयर हर्क साम्पाङ लाई ध्यानाकर्षण पत्र समेत बुझाएको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *