कोशी प्रदेश

कोशीको सभामुखबाट राजीनामा दिएका गौतमले पाए अर्थ मन्त्रालय

काठमाडौं।कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूबाट १-१ जना मन्त्री सरकारमा पठाउने सहमति भएको छ । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्ने भएका छन् ।

उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथ ग्रहण गर्नेका भएका छन् ।

मंगलबार सभामुख पदबाट राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने भएको छ । जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको हो ।

पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *