राजनीति

कोशी प्रदेशका सभामुख गौतमले दिए पदबाट राजीनामा, आजै कांग्रेसका थापा मुख्यमन्त्री बन्ने

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गौतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको जानकारी दिएका छन् । गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताएका छन् ।

उनले आफ्नो राजीनामा निकास नभएको, तर परिस्थितिवक राजीनामा दिएको बताएका छन् । गौतमले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आजै कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *