लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभा स्थगित

काठमाडौं । संघीय संसद तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखहरूको बैठक लम्बिएपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सोमबारका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी मंगलबार सम्मका स्थगित गरिएको हो । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघिको बैठकमा निजामति कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था संचालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *