कला/साहित्य

पाइलट समर्पण कार्कीले जिते ‘मिस्टर नेपाल’ को उपाधि

काठमाडौं । पाइलट समर्पणजंग कार्की ‘मिस्टर नेपाल’ घोषित भएका छन् । उनी बुद्ध एयरका पाइटल हुन् ।
बुद्ध एयरले आइतबार आफ्नो कम्पनीका पाइलट कार्कीले ‘मिस्टर नेपाल २०२३’ को उपाधि जितेको र ‘मिस्टर इन्टेलेक्चुअल’ को उपाधि जितेको सुन्न पाउँदा हर्षित भएको जनाएको छ ।

‘कार्कीको आफ्नो काम, जोश र सपनाबीच पूर्ण सन्तुलन भएको उदाहरण हो यो’, बुद्ध एयरले भनेको छ, ‘आफ्नो कामप्रतिको उनको समर्पण र आफ्नो सपनाको अटल प्रयासले उनलाई उड्डयन क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको मात्र होइन, यो प्रतिष्ठित उपाधि पनि कमाउन सफल भएका छन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *