खेलकुद

महिला फुटबल विश्वकपमा स्पेनको विजयी शुरुवात

काठमाडौँ । जारी महिला फुटबल विश्वकपमा स्पेनले विजयी शुरुवात गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा स्पेनले कोस्टा रिकालाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

स्पेनको जितमा ऐताना बोनमाती र एसथर गोन्जालेजले एक एक गोल गरेकी थिइन् भने कोस्टा रिकाकी भलेरिया काम्पोले एक गोल आत्मघाती गोल गरेकी थिइन् ।

यो जितसँगै स्पेनले समुह सी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यस समुहमा स्पेन र कोस्टा रिकाका अलावा जापान र जाम्बिया पनि रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *