काठमाडौं । सरकारले १० जना सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवाको निर्णय गरेको हो । निर्णय अनुसार, सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ । उनी पहिला सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव थिए ।
सरकारले मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा,रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा, सूर्य गौतम निर्वाचन आयोगमा, गोकर्णमणि दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।
यस्तै दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा, तोयम राय प्रधानमन्त्री कार्यालय अन्तर्गतको तथ्यांक कार्यालयमा,गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।
घनश्याम उपाध्याय बाग्मती प्रदेश र लक्ष्मी बस्नेत गण्डकी प्रदेशमा सरुवा भएका छन् । बिहीबार नै कानून मन्त्रालयका सचिव धनराज ज्ञवालीले उमेरहदका कारण अवकाश पाएका छन् ।



