संसद

राष्ट्रिय सभाको बैठक आह्वान

काठमाडौं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ ।

गत ३१ असारमा बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

तर, मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमले स्थगित राष्ट्रिय सभाको बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *