धर्म/सस्कृति

हप्ताभरि लगाइने सात रङका कपडाले यस्तो शुभ संकेत गर्छ

काठमाडौं । संसारमा हरेक रङका फरक–फरक संकेत गर्ने भएकाले रङको महत्व निकै महत्वपूर्ण हुन्छ । विभिन्न चाडपर्व, धर्मसंस्कृति अनुसार अर्थपूर्ण तरिकाले विभिन्न रङको प्रयोग गरेको पाइन्छ । त्यस्तै कुन रङका कपडा कहिले लगाउने भन्ने विषयमा धेरैले महत्व राख्दैन तर अब आँफूले लगाउने कपडा विभिन्न वार अनुसार लगाउदा कुन रङको कपडाको प्रयोग गर्दा के अर्थ हुन्छ भन्ने जानकारी यो न्युज पढेपछि छर्लङ्ग हुनेछ , कुन रङको कपडा कुन दिन लगाउँदा उपयुक्त हुन्छ ।

विभिन्न रङको महत्व आ–आफ्नै छ । कुनै रङले सकरात्मक अर्थ दिन्छ भने कुनै रङले नकरात्मक अर्थ दिन्छ । शास्तमा उल्लेख गरिएका विभिन्न रङका कपडाको प्रयोगले भाग्य परिवर्तन हुन सक्छ ।

हेर्नुहोस सात दिनमा कुन रङको के महत्व :

हप्ताको पहिलो दिन आइतबार हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएअनुसार हप्तामा दुई दिन निकै महत्वपूर्ण हुन्छन, बिहीबार र आइतबार । बिहीबारपछि आइतबार सबैभन्दा शुभ र पहिलो दिन भएकाले भगवान् सूर्यदेव र भगवान् विष्णुको पूजा गरिन्छ । आइतबार सूर्यको दिन भएकाले गुलाबी, सुन्तला, रातो र सुनौलो रंगको कपडा लगाउँदा सूर्यदेवको कृपा प्राप्त हन्छ ।

हप्ताको दोस्रो दिन सोमाबार चन्द्रदेव र शिवको दिन भएकाले सेतो, क्रीम, चाँदी र हल्का रंगका कपडा लगाउनु लाभदायक हुन्छ । गुलाबी, हल्का नीलो र हल्का पहेंलो रंगहरू पनि लगाउन सकिन्छ । यसबाट जीवनमा मानसिक शान्ति, सुख र समृद्धि प्राप्त हुन्छ र दुवै देवताको आशीर्वाद प्राप्त हुने जनाइएको छ ।

हप्ताको तेस्रो दिन मंगलबार पृथ्वीपुत्र मंगलदेव र अञ्जनीपुत्र बजरंगबलीको दिन भएकाले केसर, सुन्तला, सुन्तला–पहेँलो, सिंदुर–सुन्तला जस्ता रंगको कपडा लगाउनु उपयुक्त हुन्छ । उक्त दिन यस्ता कपडा लगाउँदा जीवनमा जोश, जाँगर र साहस आउने गर्दछ । यस्तै मंगलबारको दिन रातो रंगको कपडा पनि लगाउन सकिने भएकाले रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ । यो चाँही उच्च रक्तचाप हुनेका लागि बढी लाभदायिक हुन्छ ।

हप्ताको चौथो दिन बुधबार बुद्धदेव र गणेशको दिन भएकाले हरियो रंगको प्रयोग गर्नु लाभदायिक हुन्छ । यसो गर्दा गणेशको आशीर्वादले जीवनमा शान्ति, समृद्धि, बुद्धि र ज्ञान प्रदान हुन्छ ।

हप्ताको पाँचौँ दिन बिहीबार बृहस्पतिको दिन भएकाले पहेँलो, सुन्तला र सुन्तला रंगको कपडा लगाउँदा शुभ लाभ मिल्न सक्छ । बिहीबारको दिनमा यसो गर्नाले गुरु बलवान् हुने र जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । यो विशेष दिनले सन्तानमा सुख प्राप्ति प्रदान गर्ने हँुदा भाग्य र जीवनलाई सुखी बनाउँछ ।

हप्ताको छैटौँ दिन शुक्रबार शुक्रदेव, माता लक्ष्मी र माता कालिकाको दिन भएकाले सेतो, रातो, गुलाबी, रंगीन वा छापिएको कपडा लगाउनुपर्छ लाभदायिक हुन्छ । यसो गर्दा धन, समृद्धि, ऐश्वर्यका साथै सुख प्राप्ति हुने विश्वास गरिएको छ ।

हप्ताको सातौ दिन शनिबारका देवताहरू शनिदेव र भैरव महाराज भएकाले गाढा कालो, गाढा नीलो, गाढा खैरो, गाढा हरियो, बैजनी र बैजनी रंग धारण गर्नले आत्मविश्वास र साहस बढाउँन दुबै देउताको आशीर्वाद प्राप्त हुने विश्वास छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *