संसद

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’लाई पेश गरेको छ। सभामुख देवराज घिमिरेले विधेयक संसद्मा पेश गरेका हुन्। अहिले सो विधेकमाथि दफावार छलफल जारी छ।

विधेयकमा राप्रपा ,नेमकिपा र राश्वपाले विरोध जनाएका छन्। राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका प्रेम सुवाल र राश्वपाका सोबिता गौतम र सुमना श्रेष्ठले विधेयक संविधान विपरित आएको बताएका छन्।

सांसद् श्रेष्ठले यो विधेयक संविधान विपरीत रहेको बताइन्। उनले यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो ? भन्दै प्रश्न समेत गरेकी छन्। सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त विपरीत विधेयक टेबल भएको भन्दै आपत्ती जनाइन् ।

गम्भिर प्रकृतिका मुद्दामा कसैलाई छुट दिन नहुने उनको भनाइ छ। दफावार छलफल सकेर मिटरब्याजीसम्बन्धी कानुन बनाउन विधेयक आजै नै पारित गर्ने सत्तारुढ दलहरूको तयारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *