संसद

एमालेले मिटरब्याजसम्बन्धी विधेयकको प्रक्रियामा प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक ढिलाइ

काठमाडौं । एमालेले मिटरब्याजसम्बन्धी विधेयकको प्रक्रियामा प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेको छैन । बैठक आइतबार दिउँसो १ बजे बोलाइएको थियो ।

कानुनमन्त्री धनराज गुरुङसहित प्रमुख दलका सचेतकहरूबीच मिटरब्याजसम्बन्धी विधेयकबारे छलफल जारी छ । सरकारले आजै आजै विधेयक पारित गर्ने तयारी गरेको छ ।

एमालेले प्रतिस्धापन विधेयकलाई सामान्य विधेयक मानेर जान नमिल्ने जिकिर गरेको छ । यसमा सरकारले स्पष्टीकरण दिनुपर्ने एमालेको धारणा छ ।

मिटरब्याजसम्बन्धी अध्यादेश हाल निष्क्रिय भइसकेको छ । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक गत असार २० मा प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरोध गरेपछि पेस हुन नसेकेको विधेयक आजै पेस गरी पास गर्न लागिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *