संसद

मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने कार्यसूची तय

काठमाडौं । आज (आइतबार) बस्ने प्रतिनिधिसभा बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा बैठक अगाडि संसद भवन नयाँ वानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने कार्यसूची तय गरेको हो ।

आजको बैठकमा कार्यसूची अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

दफावार छलफलपछि विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *